विवाह पञ्चमीको चौथो दिन तिलकोत्सव सम्पन्न

समाचार

       

जनकपुरधाम, २४ मंसिर । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको चौथो दिन सोमबार तिलकोत्सव सम्पन्न भएको छ ।

विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ र आज तिलकोत्सव सम्पन्न भएको हो ।

पाँचौँ दिन मटकोर र छैटौँ दिन राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । भगवान् रामको पक्षबाट राम मन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकका रूपमा छलफलबाट विवाह तय गरिन्छ ।

तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) लिएर राम मन्दिरमा लगिने गरिन्छ । यसैलाई तिल्कोत्सव भन्ने चलन छ । तिलकोत्सव भनेको बिहेका लागि गरिने टीकाटालो अर्थात् ‘इङगेजमेन्ट’ हो ।

तपाईको प्रतिक्रिया