अभियानलाई सफल बनाउन विद्यार्थीसँग अन्तरक्रिया

समाचार

राम नारायण पंडित

       

राम नारायण पंडित, सिरहा, २४ मंसिर । महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानलाई सफल बनाउन मिर्चैयामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अभियानलाई थप प्रभावकारी बनाउन सोमबार मिर्चैयामा बिद्यार्थीहरुसंग अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ ।

“लैगिंक हिंसा र दूव्र्यवहार,ः छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ मिर्चैया नगरपालिका ५ स्थित मोहन माविमा बिद्यार्थीहरुसंग अन्तरिक्रिया गरिएको अन्तरपाटी महिला संजाल सिरहाका अध्यक्ष चन्द्रकला साहले बताए ।

कोण सभालाई सम्बोधन गर्दै मिर्चैय नगरपालिकाका मेयर श्रबण कुमार यादबले महिला विरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया