खेलकुदमन्त्री विश्वकर्मा भारतमा सम्मानित

समाचार

       

काठमाडौं, २५ मंसिर । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित भएका छन् ।

दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य एकेडेमीले भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक समारोहबीच मन्त्री विश्वकर्मालाईसो सम्मान प्रदान गरिएको हो ।

दलित आन्दोलनका अगुवा तथा भारतीय संविधानका निर्माता डा भीमराव अम्वेडकरको नाममा स्थापना गरिएको हो । दलित आन्दोलन, कला, साहित्य, अध्ययन र अनुसन्धानको क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई एकेडेमीले प्रत्येक वर्ष पुरस्कृत गर्ने गरेको छ ।

मन्त्री विश्वकर्माले आफूले पाएको सम्मान, जातीय विभेद् र छुवाछुतविरुद्धको, सामाजिक न्याय, समानता र मानव मर्यादाको आन्दोलन, नेपाली दलितमुक्ति आन्दोलनकै सम्मान भएको बताए ।

तपाईको प्रतिक्रिया