अयोध्याबाट जन्ती जनकपुरधाम आइपुग्यो

समाचार

       

जनकपुरधाम, २५ मंसिर । त्रेतायुगमा मिथिलाका राजा जनक सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच भएको विवाहको स्मरणमा मनाइँदै आएको रामजानकी विवाह पञ्चमीको अवसरमा अयोध्यबाट लावा लस्करसहित जन्तीको टोली जनकपुरधाम आइपुगेको छ ।

भारत उत्तर प्रदेशको अयोध्याबाट हिडेको जन्तीको टोली जनकपुरधाम आइपुगेको हो ।

भारत उत्तर प्रदेशको अयोध्या तथा विभिन्न शहरबाट गाडी, घोडा तथा ऊँटमा सवार भई आएका जन्तीलाई जानकी मन्दिरका सह महन्थ रामरोशन दास वैष्णवले धनुषास्थित नेपाल भारतको सिमावर्ती क्षेत्र जटहीमा स्वागत गरेका थिए । जन्तीका रुपमा आएका साधुसन्तहरूलाई धनुषास्थित जटही नाका हुँदै जनकपुरधाम आइपुगेका हुन् ।

उता, जनकपुरधाममा जारी ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवमा यसवर्ष भारत उत्तर प्रदेशका मुख्यमन्त्री आउने भएपछि विशेष तयारी गरिएको छ ।

आदित्यनाथ योगीको २६ गते जनकपुरधाम आउने कार्यक्रम तय गरिएको छ । उनी उत्तर प्रदेशको राजधानी लखनउबाट सिधै जनकपुरधाम आउने तथा जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी प्रदेश २ सरकारको मधेश भवनमा आयोजना हुने भण्डारामा सहभागि हुने जनाईएको छ । ततपश्चातः ऐतिहासिक बाह्रविघा रंगभूमी मैदानमा आयोजना हुने विवाह पञ्चमी महोत्सवमा सहभागी प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया