माइक्रोबसको ठक्करबाट मृत्यु

समाचार

       

रुपन्देही, २५ मंसिर । तिलोत्तमा नगरपालिका–३ स्थित सडकमा मंगलबार बिहान लु.२ ख २३८ नम्बरको माईक्रोबसको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही स्थान बस्ने ५४ बर्षीया टिका पौडेलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया