जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

       

धनुषा, २५ मंसिर । बटेश्वर गाउँपालिका–५ बस्ने १२ वर्षीया बालिकालाई मङ्सिर २१ गते बिहान जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय सुरेन्द्र पाण्डेलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पैसाको प्रलोभन देखाई फकाई फुलाई सोही ठाउँ कालिपुरचौरस्थित खाली चौरमा लगी बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बटेश्वर र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया