अधिकारको लडाईको साथै विकास र समृद्धिको लडाई लड्नुपर्ने बेला आएको छ : सांसद साह

राजनीति

राकेश यादव

       

रौतहट, १ पुस । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य एवं नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले ठूलो इतिहास बोकेको जिल्लाको रुपमा रौतहट रहेको बताएका छन् ।

गौर नगरपालिका वडा नम्बर ४ स्थित सोवरनामाई मन्दिर परिसरमा शनिबार आयोजित विष्णु मन्दिर शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै पूर्वमन्त्री साहले सदरमुकाम गौरको राजनीतिक परिवर्तनमा उल्लेखनीय योगदान रहेको बताए ।

राणा शासनको विरुद्धमा भएको आन्दोलनमा रौतहटले निर्वाह गरेको भूमिकाको कारण रौतहटको ढेला बोल्छ भनी अधिराज्य लगायत विदेशमा प्रख्याति कमाएको वर्णन गर्दै पहिलाको गौर अहिलेको अवस्थामा सुना भइसकेकोले आफु पनि दुखित भएको बताए ।

पूर्वमन्त्री साहले गौरभन्दा पछि गठन भएको चन्द्रपुर नगरपालिका विकासमा फड्को मारी रहेको छन भने गौर विकासमा पछि पर्दे गएका टिप्पणी गरे । उनले भने पुरानो सोच त्यागेर नया सोचका साथ अगाडी नबढे गौरको आधुनिक विकास सम्भव नरहेको दावी गरे ।

गौरको दुवै तरफ बागमती र लालबकैया नदी रहेकोले यसको बांध मजवूत दीर्घकालीन रुपमा नभए सम्म भौतिक संरचना र व्यवसायको प्रवर्धन हुन नसक्ने जनाए ।

अधिकारको लडाईको साथ साथै विकास र समृद्धिको लडाई लड्नुपर्ने बेला आएको बताउँदै समाजमा सदाचारी, सुशासन कायम नगरेसम्म विकास सम्भव नरहेको ठोकूवा गरे ।

विकासका लागि दीर्घकालीन सोच, सकारात्मक विचार, सबैको सहयोग महत्वपूर्ण रहेको छ भने निर्वाचित जनप्रतिनिधिले चाहेर केहि गर्न सकिदैन त्यसका लागि सबै क्षेत्रका व्यक्ति तथा राजनीतिक सहकार्य, समन्वय जरुरी रहेको छ ।

गौरलाई नमूनाको रुपमा बनाउन सकिने सम्भावना प्रयाप्त रहेको भन्दै सांसद साहले यसका लागि गौर नगरपालिकाका प्रमुख बढी जिम्मेवार हुनु पर्ने तर्क गरे ।

भारतको बैरगनियादेखि हाइवेसम्म सडकको विस्तार हुनुपर्नेमा जोड दिए । बाईपासको ट्रायक नगरपालिकाले निकाले सडक निर्माण गराउने घोषणा गर्दै सबैको सल्लाहअनुसार विकासको वातावरण त्यार गर्न मेयरलाइ आग्रह गरे ।

उनले हरेक व्यक्तिको इच्छा जागृत हुनु पर्ने जोड दिए । सडक विस्तार, औद्योगिक क्षेत्र, पर्यटकीय क्षेत्रको निर्माण र सिचाईको सुविधा भएमा रौतहटको पूर्ण विकास हुन सक्ने धारना राख्दै पूर्वमन्त्री साहले विष्णु भगवानको मन्दिर निर्माणमा भएसम्मको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

गौर अस्पतालको अवस्थाबारे जिकिर गर्दै सांसद साहले जिल्ला अस्पतालप्रति सबै राजनीतिक दल, स्थानीयबासी, नागरिक समाजका अगुवा, वुद्धिजीवी, शिक्षक, पेशाकर्मी, पत्रकार अग्रसर हुनु पर्ने बताए ।

गौर अस्पतालमा कोही डाक्टर आउन नचाहेको बताउँदै भौतिक पूर्वाधारलाई व्यवस्थित गरी सुविधा सम्पन्न नबनाएसम्म स्वास्थ्यको अवस्था सुधारोन्मुख हुन नसक्ने बताए ।

प्रत्येक नागरिकले नयाँ सोचको साथै आत्मविश्वास र साहस बढाउन जरुरी रहेको छ । प्रदेश २ मानव सूचकांकमा सबैभन्दापछि रौतहट रहेको बताउँदै मानव सूचकांकमा सुधारका लागि नेताहरुलाई ईमानदार हुनु पर्ने बताए ।

शिक्षाको स्तर बढाउनका लागि विद्यालयमा भौतिक पूर्वाधारको सुधार, राम्रो वातावरण, दक्ष शिक्षक शिक्षिकाको आवश्यकता पर्ने भएकोले स्थानीय सरकारले यसको नीति नियम बनाएर अघि बढन सुझाव दिए ।

कार्यक्रममा प्रदेश २ का सांसद कुन्दन कुशवाहाले धार्मिक स्थलको विकास संरक्षण गर्नु पर्ने कार्य सराहनीय भएको बताए ।

पूर्वराजयमन्त्री सत्यनारायण भगत विनले विकासको सवालमा एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे । उनले भने जनप्रतिनिधिको कार्यलाई निगरानी गर्नु जनताको अधिकार रहेको छ विरोध अवरोध विना कारण गर्दा विकास अवरोध हुन्छ ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रेवन्त झाले स्थानीय तहले शिक्षा, स्वास्थ्यको साथै धार्मिक स्थललाई पर्यटकीय स्थलको रुपमा विस्तार गर्नु पर्ने धारना राखे ।

गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले नगरपालिकाले शिक्षा र स्वास्थ्यको विकास आफ्नो पहिलो प्राथमिकतामा राखेको बताए ।

घुमाउरो शव्दमा जवाव दिदै मेयर गुप्ताले भने नगरपालिका पारदर्शी रुपमा आफ्नो कार्य अगाडी बढाइरहेका छन् विना कारण अवरोध नगरी सहयोग गर्नु पर्छ । नेकपाका एक नेता माथि लक्षित गर्दै मेयर गुप्ताले भने सहयोग नगर्ने खाली आरोप प्रत्यारोप लगाउने कार्यले पनि विकास अवरोध हुने सम्भावना रहेको छ ।
गौरको विकासमा सबै राजनीतिक दल, नगरवासीको सहयोग सहकार्य हातोमालो जरुरी छन् । नगरपालिकाले गरिरहेको कार्य शिक्षा र स्वास्थ्यको सुधारमा कसैले विना कारण हस्तक्षेप गर्न खोजे क्षम्य नहुने समेत चेतावनी दिएका छन् ।

गौर नगरपालिकाका मेयर प्रत्यासी एवं नेकपाका प्रदेश २ का सदस्य शम्भू साहले नगरप्रमुख अजय कुमार गुप्ता माथि कटाक्ष गर्दै नगरपालिकाले ठोस कार्य कहिल्यै पनि गर्न नसक्ने आलोचना गरे ।

उनले भने नगरपालिकाको त्यही रबैया माटो हाल्ने, गिट्टी खसाल्ने र रकम निकालने काम रहेको छ । संचारकर्मी संजय साहनीको पहलमा विष्णु भगवानको मन्दिर निर्माणको शिलान्याश कार्य गरिएको छ ।

वडा अध्यक्ष भुनेश्वर शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्वसांसद महमद अव्दुल कलाम आजाद, नेकपाका नेता राजकिशोर प्रसाद यादव, उपेन्द्र साह, गौर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरत साह, ३ का वडा अध्यक्ष श्यामसुन्दर पटेल, यमुनामाई गाउँपालिकाका उपप्रमुख गीता देवी साह, देवाही गोनाही नगरपालिकाका उपप्रमुख परनिया देवी, राजपाका रौतहट जिल्ला अध्यक्षमंडलका सदस्य गीता कुशवाहा, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित जैसवाल लगायतका व्यक्तिहरु उपस्थित रहेका थिए ।

धर्मेन्द्र सिंहले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि प्रभु साहलाई १०१ किलोको मालाले स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया