नेपाल परिवार दलको केन्द्रीय समितिको बैठक

राजनीति

       

काठमाडौं, १ पुस । नेपाल परिवार दलको केन्द्रीय कार्य समितिको बैठक आईतबार राजधानीमा सम्पन्न भएको छ ।

दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक बिषयमा छलफल गरि विभिन्न निर्णय छ ।

बैठकले सरकारको कार्यको समिक्षा गदै सरकारले लिएको “सुखी नेपाली, सम्बृद्ध नेपाल“ अभियानलाई पूर्ण रुपमा सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले हालै नेपालमा सम्पन्न भएको एसिया प्यासिफिक शिखर सम्मेलनले अन्तराष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा उच्च बनायको, नेपालको पर्यटनको बिकास गरेको, जलबायु परिबर्तन बारे चेतना विकास गरेको तथा नेपालको सफल शान्ति प्रकृयालाई विश्व मञ्चमा पुरयाउन महत्वपुर्ण सहयोग पुगेको ठहर गरेको छ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लियको बाटो सहि रहेको ठहर गर्दै जनआकांक्षाको सम्बोधन गर्न थप प्रभावकारी ढंगबाट परिणाममुखी कार्य सम्पादन गर्न पनि सुझाब दियको छ ।

सरकारले गर्ने राजनीतिक नियुक्तीमा योग्यता ,क्षमता र क्षेत्रगत बिषयलाई आधार बनाएर गर्न पनि बैठकले आग्रह गरेको छ । राष्ट्रिय मुद्धाहरुमा सबै पक्ष एकजुट भयर अघि बढ्ने बाताबरण सृजना गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया