राजपानिकट विद्यार्थीहरुले उपकुलपतिलाई बुझाए ज्ञापन

राजनीति

       

जनकपुरधाम, २ पुस । राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघले उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको छ ।

जनकपुरधामस्थित श्री रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब क्याम्पस)को शैक्षिक स्तर सुधारको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

लामो समयसम्म विभिन्न मागहरु आन्दोलन गर्दा पनि क्याम्पस प्रमुखले बेवास्ता गर्दा आइतबार विद्यार्थीहरुले क्याम्पस प्रमुख विजयकुमार लाल दासलाई कार्यकक्षमै कालोमोसो दली थुनेका थिए ।

क्याम्पस प्रमुख दासले प्रसाशनको रोहबरमा विद्यार्थीहरुसँग सोमबार बिहान वार्ता गर्ने भनेपनि उनी क्याम्पस नआएपछि विद्यार्थीहरु आक्रोशित भई नारा जुलुससमेत लगाएका थिए ।

राजपा निकट राष्ट्रिय विद्यार्थी संघले विभिन्न १९ बुँदे माग राखी आन्दोलन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया