बलानविहुलमा राजपाको सदस्यता वितरण

राजनीति

       

सप्तरी, ३ पुस । सप्तरीको सिमावर्ती बलान बिहुल गाउँपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सदस्यता वितरण कार्यलाई तीव्रता दिएका छन् ।

राजपा नेपालका गाउँपालिका अध्यक्ष अमित कुमार गोईत (गगन) ले सदस्यता बितरण कार्यलाई तिब्रता दिएको जानकारी दिएका छन् ।

उनले भने “गाउँपालिकामा ४ हजार सदस्यता बितरण गर्ने योजना छ, सोही अनुरुप टोल–टोलमा गएर सदस्यता बितरण र पुराना सदस्यता नविकररण गर्ने काम भईरहेको छ ।”

मधेशी, दलित, महिला, थारु, मुस्लिम, आदिबासी, जनजाती र अपाङ्ग लगायतका समुदायको मागलाई राजपा नेपालले मात्र सम्बोधन गराउन सक्ने भन्दै उनले नव प्रवेशीहरुलाई सदस्यता दिईरहेका छन् ।

मधेश आन्दोलनमा अहम भूमिका खेलेका अध्यक्ष गाईतले नव प्रवेशीहरुलाई अबिरमाला लगाई पार्टी प्रवेश समेत गराइरहेका छन् ।

आगामी बैशाखमा हुने महाअधिवेशनको लागि पार्टीको केन्द्रिय निति अनुरुप सदस्यता बितरण गर्ने काम भईहरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया