प्रदेश २ का मन्त्रीद्वारा सुदूरपश्चिम प्रदेश भ्रमण

राजनीति

       

धनगढी, ३ पुस । अन्तर प्रदेश भ्रमणको क्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजकुमार सिंहसहितको टोली सोमबार सुदुरपश्चिम प्रदेश राजधानी धनगढी पुगेका छन् ।

संध्या करिव ७ बजे धनगढी पुग्नु अगाडी कर्णाली पुल तथा घोंडाघोंडी ताल, कैलालीको अवलोकन गर्ने क्रममा मन्त्री यादवले “एतिहाँसिक, धार्मिक धरोहर तथा प्राकृतिक विविधता युक्त यस सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न सके देशकै पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याने हुनाले संघीय, प्रादेशिक तथा स्थानिय सरकारले एकिकृत रुपमा दिगो रणनीतिक योजना बनाई कार्यान्वयन गर्न अति आवश्यक रहेको छ भने ।”

मंगलबार सुदुर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सहित मन्त्रालयका कर्मचारीहरुसँग सिकाई तथा अनुभव आदान प्रदान गर्न अन्तरक्रिया गरिने कार्यक्रम रहेको मन्त्री यादवका स्वकिय सचिव महेश राय यादवले बताए ।

भ्रमण टोलीमा मन्त्रीद्धयका आलावा स्वकिय सचिवालय तथा मन्त्रालयका कर्मचारीहरु समेतको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया