स्वास्थ्यमन्त्री यादव रौतहट आउँदै, भ्रमण चुनौतीपूर्ण रहने

राजनीति

राकेश यादव

       

रौतहट, ३ पुस । संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष एवं नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका लागि यस पटक रौतहट भ्रमण चुनौतीपूर्ण तथा प्रतिष्ठायुक्त रौतहट भ्रमण हुने भएको छ ।

संघीय सरकारको मन्त्री भएपछि पहिलो पटक पुस ६ गते आउन लागेका स्वाथ्यमन्त्री यादवका लागि यो भ्रमण जटिल एवं कठिन परीक्षाको विषय भएको छ ।

विगत लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित रहेका रौतहटबासीका लागि स्वास्थ्यमन्त्री यादवको भ्रमणले निकै आशाका साथ जिल्ला अस्पताल गौरको अवस्था सुधार गर्न सफल हुने भनी विशवास समेत स्थानीयहरुले राखेका छन् ।

कुनै वेला फोरमको पहिचान बनाएका रौतहट अहिले स्वास्थ्य समस्याबाट पीडित रहेको हुँदा स्तरीय एवं सुविधा युक्त स्वास्थ्य सेवा प्रवाह गराउन सकिन्छ कि भन्ने अभिलाषा स्थानीयहरुमा देखिएका छन् ।

२०६२ । २०६३ का जनआंदोलनमा फोरमको लागि ३९ जना तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरुलाई बाँसको धारिलो फट्टाले धरासायी गर्न सफल भएका रौतहटका दक्षिणी भेगका जनताले मधेशी दलका नेता स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएकोमा स्तरीय सेवा पाउन सकून् भने आशा लिएर बसेको हुँदा उपप्रधानमंत्री तथा स्वास्थ्यमन्त्री यादवको यो भ्रमण महत्वपूर्ण चासोको केन्द्रविन्दु बनेको हो ।

गौर अस्पताल सुधार गर्न विगतका मन्त्रीहरु सफल नभए पनि वर्तमानका मन्त्री मधेशी जनताका मसीहा भएकोले यसमा तत्काल सुधार ल्याउन सकिने भनी आशमा बसेका छन् ।

तत्कालीन मधेशवादी दलका स्वास्थ्यमन्त्री अहिलेका राजपा अध्यक्ष मंडलका सदस्य राजेन्द्र महतोले ठेकेदारले निर्माण गरेको भवन हस्तानांतरण नगर्दै हतार हतारमा भवनको उद्घाटन गरे ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले सुधार गर्छु भन्दा भन्दै केहि गर्न सकेन अब मधेशीका मसीहा उपेन्द्र यादवको पालो आएको छ उनले केहि गर्न सक्छन् कि भने स्थानीयहरुको भनाइ रहेको छ । गौर अस्पतालको सुधारका लागि रहेका विशेष एवं जटिल चुनौती र समस्याहरु यस्ता रहेका छन् ।

चुनौती र समस्याहरु

विगत लामो समयसम्म जिल्ला अस्पतालमा आफ्नो घर सम्झेर बसेका स्थानीय कर्मचारीहरुको जिलान्तर सरुवा कसरी गर्ने ? ५० सैयाको बेडको स्तरउन्नति कहिलेसम्म हुने ।

दरवन्दी अनुसारको दक्ष चिकित्सक कहिले कति दिनमा उपलब्ध गराउन सकिने छन् । त्यो हुने कि नहुने, अस्पतालको मुख्य गेटमा कानुन विपरीत संचालन रहेको औषधी पसल, क्लिनिक हटाउन सकिन्छ कि सकिदैन, महिला अनुभवी चिकित्सकको व्यवस्था हुने कि नहुने भन्ने मुल समस्या रहेका छनन् भने समयमा औषधीको उपलब्धता नहुनुले झन गरिब, असहाय, अपाङ्ग, एकल महिलाका लागि आर्थिक समस्या निम्त्याएका छन् ।

गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले संघीय सरकारले समयमा स्वास्थ्यसम्बन्धी कानुन नबनाएकोले स्वास्थ्यको अवस्था दिनप्रति दिन बिग्रिदै गएको बताएका छन् ।

उनले स्वास्थ्यको निगरानी गर्ने जिम्मेवारी स्थानिय तहलाई दिनुपर्ने धारणा राखे । केन्द्र सरकारले स्थानिय तहको सिफारिशमा कार्यवाही गर्ने अधिकार राखेर अस्पतालको सम्पुर्ण रेखदेखको जिम्मेवारी स्थानीय सरकारलाई नदिएसम्म सदरमुकाम अस्पतालहरुको अवस्था सुधारोन्मुख हुन नसक्ने निष्कर्ष मेयर गुप्ताको रहेको छ ।

रौतहटका अधिकांश जनताको माग जिल्ला अस्पतालमा रहेका स्थानीय कर्मचारीको जिल्लान्तर सरुवा गर्नुपर्ने रहेको छ ।

रौतहटको जनताले गरेको आश अहिलेसम्म पूरा नभएकोले फोरमका नेतृत्वको मन्त्रीले जिल्ला अस्पतालको केही नयाँपन दिन सक्छन् कि झिनो आश मात्र राखेका छन् ।

पार्टीका कार्यकर्तालाई अधार मानेर चल्ने पहिलादेखिको बसेको परिपाटीले स्वास्थ्य मन्त्री यादवलाई पनि बाटो विराउँछ कि भन्ने शंका स्थानीयहरुको रहेकोले वास्तविकता समस्यालाई पहिचान गरी त्यसको समाधानको सही बाटो रोज्नु पर्ने देखिन्छ ।

पार्टीको नेता कार्यकर्ताको बातमा नलागी सर्वसाधारण जनताको दुःख बुझिदिनु पर्ने स्वास्थ्यमन्त्री यादव सामु अग्नि परिक्षाको जस्तो रहेको छ ।

तपाईको प्रतिक्रिया