छोरासरह छोरीलाई सम्मान दिनु पर्छ : नायिका थापा

राजनीति

राकेश यादव

       

रौतहट, ४ पुस । गौर नगरपालिका वडा नंबर १ को वडा कार्यालयद्वारा संचालित निःशुल्क ३ महीने कम्प्यूटर तालिम सम्पन्न भएको छ ।

वडा कार्यालयमा वडा अध्यक्षको निजी स्रोतबाट संचालित तालिमको चौथो सत्र समापन भएको हो ।

बुधबार वडा कार्यालयमा आयोजना गरिएको प्रमाण पत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै रेखा थापा फाउडेशनका निर्देशक तथा प्रदेश २ को बेटी पढाउ बेटी बचाऊ अभियानका ब्राण्ड एम्बेस्डर नायिका रेखा थापाले छोरीहरूको लागि प्राविधिक शिक्षा निशुल्क रूपमा उपलब्ध गराउँदै आएका वडा अध्यक्ष भरत साहलाई धन्यवाद दिँदै अझ यस कार्यलाई सबैले सहयोग गर्नु पर्ने बताएकी छन् ।

वडा अध्यक्ष साहको बालिका शिक्षाप्रतिको सोच सकारात्मक भएकोले स्थानीय तहले यस्ता कार्य गर्नु पर्ने जोड दिइन् ।

उनले भनिन्, सिंगो १ नंबर वडा कार्यालयले हुँदैन सबै वडा कार्यालयले यस्तो कक्षा सञ्चालन गर्नु पर्छ ।

मधेशको छोरी भएको हुदाँ मधेशमा महिलाहरूले भोगीरहेको पीडा बारे आफुलाई पूर्ण ज्ञान रहेको हुँदा सबै सरोकारवालाहरूले किशोरी शिक्षालाई प्राथमिकता दिनुपर्ने अहिलेको आवश्यकता रहेको छ ।

महिला बालबालिका माथि दिनहु भैरहेको हिंसा, दमन, शोषणको अन्त्य हुनुपर्ने बताउँदै नायिका थापाले मधेशमा शिक्षामा लगानी गर्नुपर्ने सुझाव दिइन् ।

घरमा थुनेर महिलाको अधिकार नहुने ठहर गर्दै उनले महिलाहरूलाई आर्थिक, सामाजिक, राजनीतिकमा सहज रूपमा पहुँचको ग्यारेन्टी हुनु पर्ने धारना राखिन् ।

आफ्नो छोरीलाई छोरा जस्तो सामान व्यवहार गर्न आग्रह गर्दै थापाले छोरीलाई स्तरीय शिक्षादीक्षा दिन अनुरोध गरिन् ।

कार्यक्रममा गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले वडा अध्यक्ष भरत साहले गौर नगरपालिकाको शिक्षा सुधार अभियानमा सहयोग गरेको बताएका छन् ।

प्रदेश सरकारको अभियानलाई समेत सहयोग भैरहेको भन्दै मेयर गुप्ताले बालिकाहरूलाई निःशुल्क कम्प्यूटर शिक्षा प्रदान गर्ने कार्य वडा अध्यक्ष साहको सराहनीय रहेको दावी गरे ।

वडा अध्यक्ष साहको अध्यक्षतामा भएको कार्यक्रममा चौथो सत्रमा सहभागी भएका २६ जना बालिकाहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया