सुदूरपश्चिममा फोरमको प्रशिक्षण

राजनीति

       

कैलाली, ५ पुस । संघीय समाजवादी फोरम नेपाल सुदूरपश्चिम प्रदेशको आयोजनामा दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम कैलालीको अत्तरियामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री एवम् पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले उदघाटन गरेको उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूबाट उत्साहका साथ कार्यकर्ताहरू सहभागी भएका थिए ।

उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपालको सङ्घीयता दक्षप्रजापतिको टाउको जस्तो भएको बताउँदै एकात्मक शरीरमा सङ्घीयताको टाउको मात्र झुण्ड्याएको बताए ।

प्रदेश नम्बर ७ को नाम सुदुरपश्चिम राख्नुले राजा महेन्द्रको उतराधिकारीको झझल्को दिएको भन्दै उनले सुदुरपश्चिमको नामाकरण शासनसत्ता केन्द्रमै राख्ने सोचको उपज भएको बताए ।

उनले भने, ‘यस नामले सङ्घीयतामा पनि राजकीय सत्ता र शासनाधिकार सिंहदरवारमा मात्र छ, केन्द्र काठमाडौँ नै हो, यो शासनको केन्द्रबाट टाढा छ भन्ने मनस्थितिलाई दर्शाएको छ ।’

तपाईको प्रतिक्रिया