‘लुम्बिनी एक्स्पो सुरु : १० लाखले अबलोकन र ४० करोडको कारोबार हुने अपेक्षा

राजनीति

       

चन्द्रकान्त खनाल, रुपन्देही, ६ पुस । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले वेला–बेला हुने यस्ता महोत्सवले उद्यमशिलताको विकासगर्ने बताएका छन् । बिहिबारदेखी बुटवलमा सुरु भएको ‘लुम्बिनी एक्स्पोको उद्घाटन गर्दै मेला र महोत्सबले नागरिकलाई बढी बोझ बनाएको बताए । व्यापारको विस्तार गर्न पहिला ग्रामीण क्षेत्रको विकास गर्न आवश्यक रहेको समेत मुख्यमन्त्री पोखरेलले बताए ।

नेपालको उद्योग र व्यापार निर्वाहमूखी भएको भन्दै त्यसलाई प्रतिष्पर्धी बनाउन आवश्यक रहेको वताउँदै मुलुकको विकास गर्नका लागि सपना देख्न आवश्यक रहेको उनको भनाई थियो । मेला र महोत्सव अर्थतन्त्रको विकास गर्नका उद्यमशिलता आवश्यक छ । होइन भने यस्ता कार्यक्रम अरू कसैका सामग्री विकाउने माध्याम मात्र हुने मुख्यमन्त्रीको भनाई छ । संघीय सरकारले यसै वर्षदेखि पूर्वपश्चिम रेलमार्गको ट्रयाक बुटवलमा पनि खन्न सुरू गर्ने दावी पनि उनले गरे ।

फरक प्रशंग जोडदै मुख्यमन्त्रीले भने नेपालमा रेल आउँछ पानी जहाज आउँछ भन्दा कागजका बनाएर उडाइयो’ पोखरेलले भने, ‘यसै वर्ष पूर्वपश्चिम रेलमार्गको ट्रयाक बुटवलमा पनि खनिने छ । भने चिनियाँ रेल काठमाडौं हुँदै लुम्बिनी सम्म बनाउने आयोजनको डिपिआर पनि हुन्छ । उनले भने अविश्वासहरूलाई तोडेर यही सरकार, यिनै नेताहरूले नेपाललाई समृद्ध बनाएर छाडनेछन् ।

पोखरेलले प्रदेश नम्बर पाँचलाई समृद्धि बनाउने योजनाका साथ आफूहरू अगाडि बढेको जानकारी गराए । प्रदेश पाँच अहिले औषत अवस्थामा रहेको भन्दै मिनि नेपालको रूपमा रहेको प्रदेशलाई समृद्ध बनाएर छाड्ने संकल्पका साथ प्रदेश सरकार अगाडि बढेको मुख्यमन्त्री पोखरेलले जानकारी गराए ।

तपाईको प्रतिक्रिया