सीके राउतका समर्थकहरुद्वारा कतारमा फोरमका सांसद अरगरिया सम्मानित

राजनीति

       

काठमाडौं, ७ पुस । वैदेशिक रोजगारका लागि कतारमा रहेका मधेशका युवाहरुद्वारा प्रतिनिधिसभा सदस्य तथा संघीय समाजवादी फोरम नेपालका नेता उमाशंकर अरगरिया सम्मानित भएका छन् ।

शुक्रबारको दोहाको एसियन टाउन (ग्रेण्ड मल) मा मधेशी युवाहरुले मधेशको समस्या सम्बन्धित आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सांसद अरगरियालाई सम्मान गरिएको चन्द्रबिर कुमार यादवले जानकारी दिए ।

कतारमा रहेका मधेशी युवाहरुले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत र प्रहरी हिरासतमा मृत्युवरण गरेका राम मनोहरप्रति न्यायका लागि सांसद् अरगरियाको ध्यानाकर्षण गराएका थिए ।

मधेशी युवाहरुले मधेशमा मानब अधिकार हनन्का धेरै घटना भएको गुनासोसमेत सांसंद अरगरियासँग गरेका थिए ।

अरगरियाले भने, “हामीहरुले सबै मधेशी र नेपालीको कल्याणका लागि काम गर्दैछौं र यस्ता मानब अधिकार हनन्को घटनाप्रति दुःख व्यक्त गर्दछु । लोकतन्त्रमा सबै नेपाली मधेशीलाई आफ्नो विचार स्वन्त्रतपूर्वक राख्न नेपालको संविधानमै व्यवस्था गरिएको छ र नेपालको संविधानमै स्वतन्त्रतापूर्वक संगठन खोल्ने व्यवस्था गरिएको छ ।’

कार्यक्रमको उद्घोषण चन्द्रबिर कुमार यादवले गरेका थिए भने कार्यक्रमको सुरुवातमा परिचय गरी सहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेर १ मिनटको मौन धारण पनि गरिएको थियो ।

वक्ताहरुले मधेशका बिभिन्न मुद्दामा आआफ्नो विचार प्रस्तुत गरेका थिए । उपस्थित सबै सदस्यहरुले मधेशका मुद्दा सम्बन्धित प्रश्नहरू गरेका थिए र अन्त्यमा सासंद अरगरियाले आफ्नो बिचार राखे र बक्ताहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

यस कार्यक्रमको आयोजना तथा व्यवस्थापन जितेंद्र कुमार महतो, सरोज प्रसाद शाह, जागत लाल मंडल र दिवाकर कुमार झाले गरेका थिए । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता शिव कुमार पालले गरेका थिए ।

तपाईको प्रतिक्रिया