वीरगन्जका मेयरविरुद्ध विद्यार्थीहरुद्वारा नाराबाजी

राजनीति

नेहाल खान

       

वीरगन्ज, ८ पुस । श्री माईस्थान विद्यापीठ मा.वि. का प्रधानाध्यापक विनोद मेहताको वीरगंज महानगरपालिकाले सरुवाका लागि पत्राचार गरेपछि विरोध प्रदर्शन भएको छ ।

सो विद्यालयमा अध्ययनरत २५ सय छात्रछात्राहरु र विद्यालयका कर्मचारीहरुले साथै, वडा नं. ९ का वडा अध्यक्ष बसन्त भक्कर, श्री माईस्थान विद्यापीठ मा.वि का व्यवस्थापन समितिका अध्यक्ष मधु सुदन लगायतका शिक्षकहरुले विनोद मेहताप्रति भएको सरुवाको निर्णय फिर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

यसै सन्दर्भमा वडा नं.९ का अध्यक्ष बसन्त भक्करसँग सोध्दा एस.ई.ई को परीक्षा नजकिएकोले सरुवा गर्न नमिल्ने बताएका छन् ।

व्यवस्थापक समितिका अध्यक्ष मधुसुदनसँग सोध–पुछ गर्दा कुनै हालतमा पनि सरुवा हुन नदिने बताएका छन् ।

विद्यार्थी र विद्यालय का शिक्षक, शिक्षिका र व्यवस्थापक समितिले वीरगंज महानरगपालिकाका मेयर विजय सरावगीको विरुद्धमा नाराबाजी गरिएको थियो ।

तपाईको प्रतिक्रिया