मुलुक विकास र समृद्धिका लागि अघि बढेको छ : प्रधानमन्त्री ओली

राजनीति

       

काठमाडौं, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास र समृद्धिका लागि अघि बढेको बताएका छन् ।

नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कानुनी शासन र सामाजिक न्यायसहितको लोकतन्त्रलाई मजबुत बनाएर समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गरिने बताएका छन् ।

“सामाजिक सद्भाव र समानताको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर देशमा आर्थिक क्रान्ति हुन्छ” प्रधानमन्त्री ओलीले भने “हामीले लामो समय राजनीतिक क्रान्ति ग¥यौं । अब आर्थिक क्रान्ति गरेर देशलाई समृद्धिको बाटोमा हिंडाउनु पर्दछ ।”

कतिपय संघ संस्थामा राजनीति घुसेर त्यसलाई प्रदुषित पारेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“केही केही संस्थामा राजनीति घुसेर तिनलाई प्रदुषित बनाएका छन्” प्रधानमन्त्री ओलीले भने “कहिले वैचारिक प्रभाव, कहिले द्रव्यलाभ वा कतैतिरको संलग्नताले यस्तो हुन्छ । यस्ता प्रदुषकलाई निस्तेज बनाएर संस्थाहरुलाई व्यावसायिक बनाउनु पर्दछ ।”

तपाईको प्रतिक्रिया