“खुल्ला सिमाना आ वैवाहिक सम्बन्ध” विषयक विचार गोष्ठी सम्पन्न

राजनीति

       

जनकपुरधाम, ९ पुस । नेपाल–भारत खुला सम्वाद समूहले जनकपुरधाममा “खुल्ला सिमाना आ वैवाहिक सम्बन्ध” विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।

विचार गोष्ठी कार्यक्रममा नेपाल तथा भारतका बुद्धिजीबीहरुको उपस्थिति रहेको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहको प्रमुख आतिथ्य तथा नेपाल भारत खुला सीमा संवाद समूहका संयोजक राजीब झाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

समूहले समाजमा विभिन्न तरिकाले विशेष योगदान पुर्याए बापत तीन जनालाई सम्मान गरेको छ ।

मिथिला मैथिली र शिक्षा क्षेत्रमा विशेष योगदान बापत डा बैद्यनाथ चौधरी, व्यावसायिक क्षेत्रमा उत्कृष्ट कामबापत कैलाश जैन, मैथिल युवा मंच दिल्लीको संस्थापक तथा चार्टर एकाउन्टेन्सी पेसाले देश बिदेशमा जनकपुरलाई चिनाउन सफल अर्थ बिज्ञ मनिन्द्र झालाई विशेष सम्मान गरेको छ ।

विचार गोष्ठीमा भारतको तर्फबाट मिथिला मैथिली आन्दोलनको जनक विभिन्न कलेज र स्कुलको संस्थापक विद्वान डा. बैधनाथ चौधरी “बैजुबाबू”, साहित्यकार चन्द्रमोहन झा “परवा जी’, डा. उदयकान्त मिश्र, सुनिला रानी झा, सीमा कुमारी, केके मिश्रा, ललिता देवी, सीमा झा, चौधरी बैद्यनाथ राय, चन्द्र शेखर झा “बुर्हाभाय’, मिथिलेश कुमार मिश्रा, अनिल कुमार मिश्रा, विष्णु कुमार मिश्र लगायत साहित्यकार, कवि, प्राध्यापकहरुको उपस्थिति रहेका थिए ।

नेपालको तर्फबाट संस्थाकाका सदस्य राजु चौधरी, कुन्दन झा, किरण झा, पंकज मंडल सल्लाहकार पूर्वप्रशासक जिबछ मिश्रा, काशिकान्त झा, कवि बिजय दत्त मनि, दिगम्बर झा “दिनमनि”, काशिकान्त झा “रसिक”, उद्योग वाणिज्य संघ प्रदेश २ को अध्यक्ष हिरा साह, श्याम सुन्दर लाल कर्ण, चार्टर्ड एकाउन्टेन्ट मनिन्द्र झा, उद्योगी कैलाश जैन, राजपा नेपाल अध्यक्षमंडल सदस्य संजय सिंह, नेता संजय चौधरी, युबा नेता प्रशान्त झा, स्थानीय र राष्ट्रिय पत्रपत्रिका टेलिभिजनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपाल–भारतको सदियौंदेखि चलिरहेको सांस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिक, प्राकृतिक, वैवाहिक सम्बन्ध खुला सीमाको कारण कायम रहेको अधिकांश वक्ताहरुको भनाइ थियो ।

तपाईको प्रतिक्रिया