प्रतिलिपी अधिकार कार्यान्वयनमा प्रदेश २ सबैभन्दा अगाडि हुन्छ : मुख्यमन्त्री राउत

राजनीति

       

जनकपुरधाम, ९ पुस । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले स्रष्टाहरुको सम्मानका लागि प्रतिलिपी अधिकारको कार्यान्वयनमा प्रदेश सरकार सबैभन्दा अगाडि रहने बताएका छन् ।

जनकपुरमा सोमबार आयोजित प्रतिलिपी अधिकार रोयल्टी व्यवस्थापनमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आफ्नो जीवन समर्पित गरेर उत्पादन गरेका सृजनाको संरक्षण गर्न प्रदेश सरकार सदैव तत्पर रहने उल्लेख गरे ।

विभिन्न सृजना मार्फत समाजलाई मनोरञ्जनका साथै सही बाटो समेत देखाउने स्रष्टाहरुले सम्मानका साथै शुल्क समेत पाउने गरि कानून निर्माण चाँडै गरिने उनले प्रतिवद्धता जनाए ।

उनले भने, ‘स्रष्टाहरुले नाम मात्र होइन माम पनि पाउनु पर्दछ , त्यसका लागि आवश्यक कानून हामी छिटै ल्याउछौ, अन्य प्रदेश भन्दा अगाडी नै ल्याउँछौ ।’

संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ संगीतकार एवं राष्ट्रिय सभा सदस्य खेम नेपाली, प्रदेश सरकारका मुख्यसचिव दीपक सुवेदी, संगीतकार डा. रंजित झा सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा प्रदेश २ का गीतकार, संगीतकार, गायक, रंगमंचका कलाकारहरु समेतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया