कपिलवस्तुको विकासका लागि राजदूतसँग भेटवार्ता

राजनीति

       

कपिलवस्तु, १० पुस । कपिलवस्तुको समग्र विकास र खासगरी क्षेत्र नं. ३ को विकासका लागि नेपालका लागि भारतीय राजदूत मनजीव सिंह पुरीसँग भेटवार्ता गरिएको छ ।

विकासप्रेमी नेता पूर्वमंत्री ईश्वर दयाल मिश्रको नेतृत्वमा पूर्वस्थानीय विकास अधिकारी चिरंजीवी भण्डारी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा र सोहि गाऊँपालिकाका समाजसेवी अग्नि सापकोटा लगायतका टोलीले भारतीय राजदूतसँग औपचारिक भेट वार्ता र विकासका लागि डेलिगेशन दिइएको छ ।

क्षेत्र नं. ३ को शिक्षा, स्वास्थ्य, खानेपानी र सडक लगायत अन्य क्षेत्रको विकास गर्न साथै विजयनगर गाउँपालिकामा कृषि, स्वास्थ्य र इन्जीनियर क्षेत्रमा टेक्निकल विद्यालय र क्याम्पस स्थापना, सुरही खोलामा झुलुंगे पुल लगायत अन्य विकास निर्माणका कार्य गर्न भनिएको छ ।

साथै भारतीय राजदूतलाई विजयनगर गाउँपालिकाको भ्रमण गर्न अनुरोध समेत गरिएको छ ।

भारतीय राजदूत पुरीले आफू उक्त क्षेत्रको भ्रमण गर्ने प्रतिबद्धता दिएका छन् । साथै उक्त क्षेत्रको विकासका लागि आर्थिक र प्राविधिक लगायत अन्य स्तरबाट आफू सदैव सहयोग गर्ने कुरा पूर्वस्थानीय विकास अधिकारी चिरंजीवी भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया