धर्मनिरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार : प्रधानमन्त्री ओली

राजनीति

       

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताएका छन् ।

क्रिसमस डेका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा स्मरण गराए ।

“सनातनकाल देखि वहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मकाअतिरिक्त नेपालमा अन्य धर्म अवलम्वन गर्नेहरुले आ–आफ्नो आस्थाअनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रता समेत सुनिश्चित गरिएको छ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीले क्रिसमस डे का अवसरमा क्रिस्चियन धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइमा सुख, समृद्धि र सुस्वास्थ्य तथा दीर्घायूको शुभकमना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया