समृद्धिका लागि संविधान संशोधन आवश्यक : पूर्वमन्त्री साह

राजनीति

       

रौतहट, ११ पुस । प्रतिनिधिसभा सदस्य तथा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले समृद्धिका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

गौर न.पा. वडा नं. ४ टिकुलियास्थित विष्णुमन्दिरको शिलान्यास तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसन्न उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘समृद्धिका लागि तीव्र विकास जरुरी छ र विकासको मुख्यस्रोत आमजनता हो । सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारालाई समेत व्यवहारमा लागु गर्न जनतामा एकता र उत्साह जरुरी छ ।’

तर विडम्बना नेपालका आमजनता अझ संविधानको बिषयमा विभाजित छन् । सोही क्रममा उनले संबिधानप्रति असहमत र असन्तुष्ट रहेका समुदायका आशंकालाई संविधान संशोधन मार्फत जनताको जायज मागलाई सम्बोधन गर्दै विभाजित जनतालाई एकताबद्ध गरि विश्वासमा लिनुपर्ने कुरामा विशेष जोड दिए ।

उक्त कार्यक्रममा पूर्वराज्यमन्त्री सत्य नारायण भगत, प्रदेश सभा सदस्य कुन्दन कुशवाहा, मेयर अजय गुप्ता लगयातका अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया