सांसद यादवद्धारा भारतीय पूर्वमन्त्री कैप्टन निषादप्रति श्रद्धाञ्जली अर्पण

राजनीति

       

वीरगन्ज, ११ पुस । भारत सरकारका पूर्वकेन्द्रीय मन्त्री मुजफ्फरपुरका लोकप्रिय नेता कैप्टन जय नारायण प्रसाद निषादलाई संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम् सांसद प्रदिप यादवले श्रद्धासुमनका साथ अन्तिम श्रद्धांजलि अर्पण गरेका छन् ।

राजकीय सम्मानका साथ मुजफ्फरपुरमा आयोजन गरिएको श्रद्धांजलि कार्यक्रममा सहभागी हुँदै सांसद यादवको नेतृत्वमा नेपालबाट पुगेको टोलीले फुलमाल चढाउदै श्रद्धान्जली अर्पण गरेको थियोे ।

नेता निसादको आयोजित श्रद्धांजलि कार्यक्रममा सहभागी हुन नेपालबाट सांसद प्रदीप यादवको नेतृत्वमा बुद्धिजिवि एवम संचारकर्मी लगायतको टोली पुगेको थियो ।

हार्दिक श्रद्धासुमन अर्पण गर्दै सांसद प्रदिप यादवले नेपाल–भारतको मैत्रीसम्बन्धको प्रगाढता बारेमा सदैव चिन्तीत रहने एउटा कुसल अभिभावक गुमाएको बताए ।

भारतीय अग्रणी पुस्ताका रुपमा रहेका नेता निसाद जनताको भलो चिताउने जमिनि नेता भएको बताउँदै सांसद यादवले भने, ‘ नेपालको उन्ती–प्रगती र विकास चिताउने र नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउनु कुरामानै सधै उहाको चिन्ता रहने गर्दथ्यो ।

तपाईको प्रतिक्रिया