संयोजक महतोको अध्यक्षतामा प्रथम बैठक सम्पन्न

राजनीति

       

काठमाडौं, ११ पुस । राष्ट्रिय जनता पार्टी नेपालको संयोजक राजेन्द्र महतो भएको एक महिनाभन्दा बढी समयपछि पहिलो बैठक बसेको हो ।

महतो संयोजक भएपछि अध्यक्षमण्डलको पहिलो बैठकबाट दुईबुँदे निर्णय सार्वजनिक गरिएको हो ।

बुधबार भएको बैठकमा पार्टीको महाधिवेशन प्रयोजनको लागि साधारण र सक्रिय सदस्यता वितरण अभियान २०७५ माघ १५ गते सम्म म्याद थपने निर्णय गरेको हो ।

यसैगरी, प्रत्येक जिल्लामा २०७५ साल पुस १८ गते जिल्ला विस्तारीत वैठक र २०७५ साल पुस २५ गते वडा स्तरीय विस्तारीत वैठक गरी सदस्यता वितरण अभियानलाई गति प्रदान गर्न जिल्ला अध्यक्ष मण्डललाई निर्देशन दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया