आन्दोलन सफल हुने उपलब्धी संरक्षण नहुने अवस्था अन्त्य हुन्छ : प्रम ओली

राजनीति

       

काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर तिनका उपलब्धीको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को संयुक्त संसदीय दल (संघीय संसद र राष्ट्रिय सभा)लाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“२००७ सालमा राणा विरोधी आन्दोलन सफल भयो तर त्यसको उपलब्धीको संरक्षण भएन । २०४६ सालको आन्दोलन सफल भयो त्यसको पनि उपलब्धी संस्थागत भएन” प्रधानमन्त्री ओलीले भने “२०६२/०६३ को जनआन्दोलनका उपलब्धीलाई पनि संस्थागत हुन नदिने र सफल हुन नदिने मनशाय बोकेका केही मानिसहरु छन् । तिनको मनशाय पुरा हुन दिनुहुँदैन ।”

तपाईको प्रतिक्रिया