फोरमलाई प्रधानमन्त्रीले भने, ‘आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुन्छ’

राजनीति

       

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुने जवाफ दिएका छन् ।

सत्तारुढ संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले प्रधानमन्त्रीसँग संविधान संशोधन कहिले हुन्छ भन्ने प्रश्न गरेका थिए ।

फोरम सांसद यादवलाई जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘संविधान संशोधन आवश्यक्ता र औचित्यले गर्ने हो । यसलाई फेसनको विषय बनाउनुहुँदैन ।’

उनले आफ्नो जवाफमा भने, ‘मैले पहिलेदेखि भन्दै आएको छु । यो देशका लागि बनाएको हो । यो अपरिवर्तनीय होइन । त्यसकारण सैद्धान्तिक हिसावले संविधान संशोधन गर्न हामी तयार छौ ।’

राष्ट्रिय हित र आवाश्यक्तालाई मध्यनजर गरेर संविधान संशोधन गर्न सकिने प्रधानमन्त्री ओलीले पुनः दोहोर्याएका छन् ।

उनले भने, ‘जनतालाई सम्मानित बनाउन, विकास बढाउन जहिले संशोधनको औचित्य हुन्छ त्यसवेला अनिवार्य पनि हुन्छ ।’

तपाईको प्रतिक्रिया