राजपाद्वारा “मधेशी शहीद कल्याण कोष” स्थापना, महेन्द्रलाई संयोजकको जिम्मेवारी

राजनीति

       

काठमाडौं, ५ माघ । राजेन्द्र महतो संयोजकत्वमा राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको अन्तिम बैठकले “मधेशी शहीद कल्याण कोष” स्थापना गरेको छ ।

बैठकमा मधेश आन्दोलनमा शहादत प्राप्त गरेका वीर शहीदहरूको सम्झनामा एउटा शहीद कोष बनाउने निर्णय गरिएको हो ।

शहीदहरूको सम्मानका लागि शहीद परिवारलाई आर्थिक रूपले सबल बनाउन कल्याण कोष स्थापना गरिएको जनाइएको छ । यस कोषमा पार्टी र प्रदेश सरकारसहित समाजका विभिन्न क्षेत्रलाई सहयोग गर्न आह्वान गरिने छ ।

यसैगरी, बैठकले महेन्द्र राय यादवलाई आगामी दुई महिनाका लागि अध्यक्षमण्डलको संयोजकको जिम्मेदारी दिने निर्णय पनि गरिएको विज्ञप्तिमार्फत् जनाएको छ ।

तपाईको प्रतिक्रिया