कांग्रेस संसदीय दलका नेताद्वारा सरकारी गाडि फिर्ता

राजनीति

चन्द्रकान्त खनाल

       

रुपन्देही, ५ माघ । प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले आफुले चढ्दै आएको गाडी फिर्ता गरेका छन्।

प्रदेश पाच प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महंगोमा गाडी खरिद गरी आर्थिक अनियमितता गरेको समाचार बाहिर आएपछि उनले बिवादमा रहेको गाडि नढ्ने र निश्पक्ष छानवीन हुनुपर्ने माग गर्दै आफुले चढ्दै आएको गाडी फिर्ता गरेका हुन् ।

नेता पोखरेलले आफू चढिरहेको लु १ झ ४४७ नं. को गाडीको चाबी फिर्ता संसद सचिवालयका सचिब दुर्लभकुमार पुन मगरलाइ फिर्ता गरेका छन् ।

सचिवालयमा चावी बुझाउदै सभापति प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पोखरेलले भने–‘सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरिद गरेका सबै गाडीहरुको कागजात झिकाई छानविन शुरु गरेकोले बिबादित गाडी चढ्नु उपयुक्त छैन ।

त्यसैले नैतिकताको आधारमा गाडी फिर्ता गरेको हुं उनले भने । प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई भन्दै हालै १३ वटा (टाटा स्ट्रोम) गाडी खरिद गरेको थियो ।

खरिद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेल (नेकपा)को संयोजकत्वमा उपसमिति गठन गरेर छानवीन भैरहेको छ ।

तपाईको प्रतिक्रिया