सरकार विकास र समृद्धि ल्याउने लक्ष्यमा अडिग : प्रम ओली

राजनीति

       

काठमाडौं, ५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकास समृद्धि ल्याउने लक्ष्यमा अडिग रहेको बताएका छन् ।

नेपाली काँग्रेस त्यागेर शनिबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका पूर्व सांसद तीर्थराज भूषाललाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।

नेकपाको विधान र घोषणा पत्रअनुसार नै सरकारले आफ्ना कार्यक्रमहरु अघि बढाउने प्रधानमन्त्री ओलीले बताए । “विकास र समृद्धि नेकपा कै नीति र कार्यक्र अनुसार आउँछ यसमा ढुक्क हुनुहोस । सरकार यही नीति र कार्यक्र अनुसार अघि बढ्छ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गरिसकेकोले अब विकासमा अझ गतिका साथ अगाडि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया