मधेशी आयोगको अध्यक्षमा डा.दत्त सिफारिस

राजनीति

       

काठमाडौं, ६ माघ । संवैधानिक परिषद्ले मधेशी आयोगको अध्यक्षमा डा.विजयकुमार दत्तलाई सिफारिस गरेको छ ।

आइतबार बसेको संवैधानिक परिषद्को बैठकले थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी, मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारी, समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदीलाई सिफारिस गरेको हो ।

यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पूर्वसचिव बालानन्द पौडेललाई सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया