दलित भनेर सम्बोधन नगर्नुस् : प्रदेश प्रमुख कायस्थ

राजनीति

       

ब्रम्हानन्द ठाकुर, जनकपुरधाम, ११ माघ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले समाजमा रहेका कमी कमजोरीलाई पहिल्याउँदै अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

युरोपियन युनियन, एफ सी ए, मेडिया एडभोकेसी रुपको सहयोग तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा जनकपुरमा आयोजित प्रदेश स्तरीय नीति सम्बाद कार्यक्रममा प्रदेश प्रमुखले सो कुरा बताए । उनले दलित समुदाय पनि मानव नै भएकोले दलितहरुलाई दलित भनेर सम्बोधन गर्न नहुने पनि बताए । जन्मिदै कोही दलित भएर आएका हुँदैनन समाजले नै काम अनुसारको पहिचान दिने भएकोले त्यस्ताहरुको कमी कमजोरीमा सबैले हातेमालो गरी अघि बढ्नुपर्नेमा सुझाव दिए । दलित समुदायमा पनि क्षमतावान् ब्यक्तिहरु रहेकाले दलित र गैर दलित भनेर कसैलाई छुट्याउन नहुने उहाँको तर्क छ ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश साँसद राम अशिष दास नेपालमा दलित समुदायको सत्य तथ्य तथ्याड्ढ नेपाल सरकारसम्म अहिले सम्म नरहेको दाबी गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका सन्तोष यादवले नेपालमा दलितहरुका लागि प्रयाप्त कानुन निर्माण भएपनि व्यबहारमा लागु हुन नसकेकोमा दुखेसो पोखे । त्यस्तै अहिलेसम्म दलित आयोग गठन हुन नसक्नु दुःखदपुर्ण रहेको बताए ।

यस्तै, नेकपाका झल्कु यादवले एक्काईसौ सताब्दीमा दलित भएकै कारण मानवसँग समाजमा भईरहेको विभेद र छुवाछुत अत्यन्तै दुःखद रहेको बताएका छन ।

कार्यक्रममा भिम परियारद्धारा कार्यपत्र प्रस्तुत गरिएको थियो भने प्रदेश साँसद परमेश्वर साह, मन्जु यादव, प्रतिनिधि सभा सदस्य रामपृत पासवान सहितले आ आफ्नो धारणा राखेका थिए ।
त्यस्तै, कार्यक्रममै सँघले १२ बुन्दे माग सहितको ज्ञापन पत्र पदेश प्रमुखलाई बुझाएका छन् ।

तपाईको प्रतिक्रिया