प्रदेश २ सरकारले संघर्ष गर्ने मुख्यमन्त्रीको चेतावनी

राजनीति

       

काठमाडौ, १३ माघ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ल्याएको प्रहरीसम्बन्धी विल र आन्तरिक सुरक्षासम्बन्धी विधेयक संविधान र संघीयताविरोधी भएकोले यसलाई तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । उनले भने,‘यो विधेयक फिर्ता गरिएन भने प्रदेश सरकार यसको लागि सडकमा पनि संघर्ष गर्छ । कन्स्टीच्यूसनल बेन्चमा पनि मुद्दा हालेर अगाडि बढ्छ ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘यी दुवै विधेयकसंघीयता र संविधान विरोधी छन् ।’
प्रहरी परिचालनदेखि लिएर शान्ति सुरक्षाको जम्मै अधिकार एउटा प्रमुख जिल्ला अधिकारीलाई दिने व्यवस्था यी दई विद्येयकमा गरिएकोप्रति कडा आपत्ति जनाउँदै मुख्यमन्त्री राउतले भने,‘अब विकास निर्माणको विभिन्न किसिमका हुने अनियमितताको सन्दर्भमा पनि उनले नै छानबिन गर्ने । भनेपछि प्रदेश सरकार गर्ने ?’
राउतले थपे,‘ प्रदेश २ को सरकारले प्रदेश प्रहरी ऐन यो संविधानअनुसार ल्याईसकेको छ । र, प्रदेश प्रहरी गठन भइसकेपछि त्यसलाई समन्वयको कुरा, सञ्चालनको काम गर्नेचाहीँ अब ऐन, संघीय ऐनमा त्यस किसिमको व्यवस्था हुनुपर्दथ्यो । र, यहाँसम्म यस्तो लागिरहेको छ, मानौ की प्रदेशभित्र एउटा संघीय सरकार समानान्तर शासन सञ्चालन गर्ने एउटा मेकानिङ पोलार खडा गर्ने संघीय सरकारको नीति रहेछ ।’ प्रदेशमा एउटा समानान्तर सत्ता सञ्चालन गर्ने र प्रदेशलाई एउटा विकासको युनिट बनाउने यदि संघीय सरकारको नीति रहेको छ भने यो प्रदेशको लागि कुनैपनि हालतमा स्वीकार्य नहुने मुख्यमन्त्री राउतले चेतावनी दिए । उनले भने,‘संघीयतालाई समाप्त गर्ने, संविधानको मनोभावना विपरित भएर यी दुई वटा विल ल्याईएको छ । यो प्रदेशको लागि कदापी स्वीकार्य हुन सक्दैन् । र, यसले संघ र प्रदेशभित्र द्वन्द्व फैलाउँछ ।’

मुख्यमन्त्री राउतले २ नम्बर प्रदेशले विभिन्न कठिनाईको बावजुदपनि सिमित स्रोतसाधन, सिमित जनशक्तिको बावजुदपनि आफूले दुई दुई चोटी नीति, कार्यक्रम र बजेट ल्याएर अहिले कार्यक्रमहरु सञ्चालन गरेको सुनाए ।
मुख्यमन्त्री राउतले आफूहरुले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत साईकलपनि वितरण गरेको जनाए । उनले थपे,‘यो कार्यक्रमलाई अघि बढाउनको लागि हामी निकै गम्भिर रुपमा लागिपरेका छौं ।’ त्यस्तै उनले यो प्रदेशभित्र यो माघभित्र जन्मिने सबै बच्चीहरुलाई प्रदेश सरकारबाट उनीहरुको एक लाखको वीमा गरिनेपनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया