नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्छ : प्रदेश प्रमुख

राजनीति

       

ब्रम्हानन्द ठाकुर, जनकपुरधाम, १४ माघ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले देश प्रदेश विकासको लागि ईन्जिनियरहरुले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

नेपाल ईन्जिनियर्स एशोसिएशन प्रदेश नं. २ को नव निर्वाचित पदाधिकारीहरुको सम्मान पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ईन्जिनियरहरु विकासको मेरुदण्ड भएकोले समाज निर्माणका कुनै पनि कुरा ईन्जिनियर बिना हुनै नसक्ने दावी समेत गरे । विकासका हरेक पक्षमा सवल र सक्षम ईन्जिनियरहरुको आवश्यक्ता भएकोले पुर्वाधार निर्माण जस्ता बिषयमा ईन्जिनियरहरुको उचित मार्गदर्शन आवश्यक पर्ने समेत बताए । अहिलेको विकासका कार्यहरु गुणस्तरहिन हुँदै गईरहेको प्रति प्रमुख कायस्थले चिन्ता समेत व्यक्त गरे ।

कार्यक्रममा जनकपुर उपहानगरपालिकाका मेयर लालकिशोर साहले अहिलेको समय विकास कार्यमा ध्यान केन्द्रित गर्नु रहेकोले एक अर्काको कमी कमजोरी माथि ध्यान नदिई सबै मिली विकास कार्यमा लाग्नुपर्ने बताए । साथै मेयर साह प्रदेश सरकार तथा सँघ सरकारबाट प्रयाप्त सहयोग नपाएको गुनासो समेत गरे ।

बिभिन्न निकायका ईन्जिनियर्सहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रदेश साँसद राम अशिष यादवले समेत आफ्नो मन्तव्य राखेका थिए । सो कार्यक्रममा नवनिर्वा्चित पदाधिकारीहरुलाई शपथ ग्रहण गराईएको थियो भने प्रदेश प्रमुखले सम्मान पत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया