प्रधानमन्त्रीले लोकतन्त्रको उपहास गरे : मिश्र

राजनीति

       

काठमाडौ, १४ माघ । राष्ट्रिय जनता पार्टी निकट राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रले आफ्नो पार्टीसँग छलफल नै नगरी प्रधानमन्त्रीले स्ववियूको निर्वाचनको मिति तोकेकोमा आपत्ति जनाएका छन् ।

संघीय लोकतान्त्रिक देशको प्रधानमन्त्रीले जनमतको कदर नगरी आफूखुसी निर्णय गरेकोमा र बैठकमा समेत आफ्नो पार्टीलाई सहभागी नगराईको प्रति उनले असन्तुष्टि जनाएका छन् ।


स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हजारौको अंगभंग र सहादत स्वरूप स्थापित भएको हो । स्ववियूको निर्वाचनलाई सरकारी सत्ता र शक्तिको बलमा तहसनहस पार्न कदापी नदिने उनले बताए । प्रधानन्त्रीले लोकतन्त्रको उपहास गरी स्ववियू निर्वाचनको मिति तोकेपनि निर्धारित समयमा देशका सबै ठाउँमा निर्वाचन हुन नसक्ने उनको धारणा छ ।


ओलीलाई प्रधानमन्त्री बनाउन तेस्रो ठूलो पार्टी राजपाको मत समेत रहेको जनाउँदै मिश्रले लोकतन्त्रमा सबै मतको कदर गर्नुपर्ने उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया