शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त : प्रम ओली

राजनीति

    30 January, 2019   

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु परास्त भएको बताएका छन् ।

शहीद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

राणा शासन विरुद्ध विं सं १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँहरुको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलन प्रति गौरव लाग्ने गरेको उल्लेख गरेका छन् ।

“पुस्तौंदेखि अनवरत् रुपमा लोकतन्त्रका निम्ति संघर्ष गर्दै नेपाली समाज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “ राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रीकृत भएका छौं । त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ ।”

तपाईको प्रतिक्रिया