मधेशी दललाई महाधिवेशनको चटारो

राजनीति

       

काठमाडौं, ३ फागुन । दुबै मधेशी दल संघीय समाजवादी नेपाल र राजपा नेपाल महाधिवेशनको तयारीमा जुटेका छन् । दुवै दल अहिले पार्टीको संगठन भएका जिल्लामा साधारण र सक्रिय सदस्यता वितरणमा लागेका छन् ।

अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम मिलेर बनेको संघीय समाजवादी फोरम र मधेशी ६ दल मिलेर बनेको राजपा दुवैले पहिलो महाधिवेशन गर्ने मिति घोषणा गरेर तयारी गरिरहेका छनर । राजपाले ७–९ वैशाख र फोरमले २८–३० वैशाखमा केन्द्रीय महाधिवेशनको मिति तय गरेका छन् ।

आन्दोलन र चुनाव सम्पन्न भइसकेपछि फुर्सदको समयमा दुवै पार्टीले महाधिवेशन गराउन लागेका छन् । एकीकरण भएको पाँच वर्षपछि फोरम नेपालले एकताको महाधिवेशन गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया