विकासका पूर्वाधार पु¥याएर डोल्पालाई सुगम बनाइनेछ : प्रम ओली

राजनीति

       

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पु¥याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन् ।

डोल्पो समाजले शनिबार आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्ती गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने बताए ।

“डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एककिृत बस्तीको रुपमा विकास गरिने बताएका छन् ।

“पातला बस्तीमा भौतिक सुविधा पु¥याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाइ स्थानान्तरण गरेर एककिृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय,सडक, स्वास्थ्यचौकी, यातायात,खानेपानी जस्ता आधारभुत सुबिधाहरु सबैलाई उपलब्ध गराइनेछ” प्रधानमन्त्री ओलीले भने– “त्यसपछि कर्णालीको परिचय बदलिनेछ । कर्णाली सुगम हुनेछ ।”

तपाईको प्रतिक्रिया