ग्लोबल आइएमई बैंकको सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाहरुमा शाखा संचालन

अर्थ/वाणिज्य

       

काठमाडौं, १९ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबारदेखि प्रदेश नं. १ को संखुवासभा जिल्ला, भोटखोला गाँउपालिका वडा नं. ३ हटिया बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

यस भोटखोला शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३५ पुगेको छ ।

वाणिज्य बैंकहरुले २४३ स्थानीय तहमा आफ्नो शाखा स्थापना गरी संचालनमा ल्याउनुपर्ने नेपाल राष्ट्र बैंकको प्रावधानअनुरुप ग्लोबल आइएमई बैंकलाई तोकिएका १७ स्थानीय तहमध्ये १७ वटै स्थानहरु आफ्ना शाखा संचानमा ल्याएको छ ।

संखुवासभा जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नाग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२४शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवाप्रदानगर्दै आईरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया