ग्लोबल आइएमई बैंक र सुमेरु सिटी हस्पिटलबीच सम्झौता

अर्थ/वाणिज्य

       

काठमाडौं, २५ चैत । ग्लोबल आइएमई बैंक लि. र सुमेरु सिटी हस्पिटल प्रा.लि. बीच हस्पिटलले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा सुमेरु सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक सुनिल डंगोल र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि तथा बजार प्रबद्र्घन विभागका प्रमुख नवीन सुवेदीले हस्ताक्षर गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याइरहेको छ ।

तपाईको प्रतिक्रिया