भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा ८० करोड प्रदान

अर्थ/वाणिज्य

       

काठमाडौं, २८ चैत । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि ८० करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

भूकम्पबाट क्षतिग्रस्त गोरखा र नुवाकोटमा ५० हजार घर निर्माणका लागि भारत सरकारले ८० करोड रुपैयाँ हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ ।

दूतावासका कर्मचारी सचिव अजय कुमारले ८० करोडको चेक हस्तान्तरण गरेका थिए । २०७२ सालको भूकम्पबाट भएको क्षतिपछि भारतले पुनर्निर्माणमा सघाउने प्रतिबद्धता जनाएको थियो ।

तपाईको प्रतिक्रिया