राजपाको बृहत् विरोध र्याली

राजनीति

       

वीरगंज, ३० चैत । राष्ट्रिय जनता पार्टी नेपालले शुक्रवार वीरगंजमा बृहत विरोध ¥याली निकालेको थियो ।

राजपा, नेपाल पर्साका अध्यक्ष्ँ प्रेमबाबू पटेलको नेतृत्वमा निकालिएको विरोध ¥यालीले वीरगंज नगर परिक्रमा गरेको थियो ।

¥यालीमा राजपा नेपालका महासचिव राजेशमान सिंह, सहमहासचिव निजामुद्दीन समानी, जिल्ला सचिव उमेशलाल सहनी, वडा नं. का वडाध्यक्ष बैजु स्वर्णकार, वडा नं. ३२ का वडाध्यक्ष रेयाज मिया“, मदन यादव, बरतुन नेसा, संगीता दास, अभिषेक तिवारी, अफरोज, विद्यार्थीका जिल्ला मधुसुदन चौरसिया, ठाराबको एकाइ अध्यक्ष्ँ अमित यादव, राष्ट्रिय पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष वीरेन्द्र साह (हिटलर), युवा नेता सुशील पटेल, लियाकत अलि, विष्णु पटेललगायत करीब एक हजार व्यक्तिको उपस्थिति थियो ।

पार्टीको ९ सूत्रीय माग अविलम्ब सरकारले पूरा गर्नुपर्ने माग राख्दै राजपा नेपालले विरोध प्रदर्शन गरेका थिए ।

घण्टाघरमा आयोजित कोणसभामा बोल्दै वक्ताहरुले सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिक नदिएको, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै विरोध गर्नुपरेको बताएका थिए ।

तपाईको प्रतिक्रिया