‘द १०० हिरोज् अफ मधेश’ अवार्ड वितरण

समाचार

       

ललितपुर, ३० चैत । मधेशी पत्रकार समाजले मधेशका सय जना हिरोलाई छनौट गरी अवार्ड वितरण गरेको छ ।

ललितपुरमा शुक्रबार साँझ भएको समारोहमा ‘द १०० हिरोज अफ मधेश’ को उपाधिबाट विभिन्न १० विधामा १०/१० सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा सामाजिक अभियन्ता सरोज राय, सीताराम कट्टेल धुर्मुस, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, जनकपुर उपमहागनरपालिका मेयर लालकिशोर साह, नेता केशव झा, सामाजिक अभियन्ता तथा प्रदेश २ का सांसद् रामअषिश यादव, संगीतकार तथा गायक गुरुदेव कामत, अधिवक्ता सुनिलरञ्जन सिंह, अप्पन टिभीका समाचार प्रमुख अजय साह शिवाली, सामाजिक अभियन्ता सरोज मिश्र, भिजिट मधेशका ओमप्रकाश सर्राफ, चिकित्सक डा.सीके सिंह, चित्रकार सुनैता ठाकुर, पत्रकार पुरन साह, पत्रकार अभिमन्यु पटेल, गायक रामा मण्डल, संगीतकार कमल मण्डल, साहित्यकार विनित ठाकुर, त्यसैगरी, महिला अधिकारकर्मी रिता साह, नेतृ रेखा यादव, पत्रकार अभिमन्यु पटेल, नेतृ सुनिता साह, तिलाठी कोइरालाडी गाउँपालिकाका अध्यक्ष शतिश सिंह, प्रकाश थारु, पत्रकार रामविकास चौधरीलगायतले पनि अवार्ड प्राप्त गरेका छन् ।

त्यसैगरी, एथलेटिक्स खेलाडी अमित यादवलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेता हृदयेश त्रिपाठी, राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा, कांगेस नेता डाक्टर अमरेशकुमार सिंह, राजपा नेपालकी महासचिव तथा सांसद चन्दा चौधरीलगायतले अवार्ड हस्तान्तरण गरेका थिए ।

मधेशका लागि आर्थिक, शैक्षिक, कृषि, युवा, सामाजिक, पत्रकारिता, युवा, उद्योगी, महिलाबाट योगदान दिएकाहरूको छनौट गरी ‘मधेशको हिरो’ उपमा दिँदै सम्मान सय जनालाई सम्मान गरिएको छ । ५० जनालाई नोमिनेसनको माध्यमले भोटिङ्का आधारमा तथा ५० जनाको छनौट कमिटीले खोजी गरेर सय जनाको टुंगो लगाएको थियो ।

तपाईको प्रतिक्रिया