न्युयोर्क क्विन्स कम्युनिटी बोर्डमा ज्ञानल थापा नियुक्त

समाचार

       

न्युर्योक, १ बैशाख । संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यको क्विन्स कम्युनिटी बोर्ड ५ सदस्यमा ज्ञानल थापा नियुक्त भएका छन् ।

क्विन्सबोरो पे्रसिडेन्ट मेलिण्डा काजबाट नियुक्ति लिएका थापा यसअघि न्युयोर्ककै नेभरहुड एड्भाइजरी बोर्ड २ सदस्यमा नियुक्त भई उक्त बोर्डको सचिवको जिम्मेवारीमा पनि छन् ।

सन् २०१३ मा तेस्रो पटकको अमेरिका आगमनपश्चात न्युर्योकमा सपरिवार बसोबास गर्दै आएका थापाले राजनीतिसंगै व्यवसाय, सामाजिक क्षेत्रलाई समान रुपमा अघि बढाइरहेका छन् ।

‘जब मैले १ बर्ष अघि अप्रिल २०१८ मा नेभरहुड एड्भाइजरी बोर्ड २ मा पाइला राख्न सफल भए त्यसपछि मेरो आत्मवल अझ मजबुत भयो फलस्वरुप यो विन्दुसम्मको यात्रा मापन गर्न सफल भएँ । आवेदन दिने हजारौबाट छानिनु सम्पूर्ण हाम्रो समुदायका लागि गौरवको विषय हो । अझ यो नियुक्तले त मेरो नेपालदेखिको राजनीतिक मोहलाई अझै जगाई दियो, थापाले भने ।

उनी डेमोक्रेटिक पार्टीतर्फबाट क्विन्सबोरो प्रेसिडेन्ट र काउन्सिल म्यानलगायतसँग पार्टीका कार्यक्रमहरुमा निकट भएर काम गरिरहेका छन् ।

नेपालको क्रियाशिल राजनीतिलाई यहाँ आएर पुनः सुरुवात गर्ने अवसरको रुपमा लिएका थापाले नेपाली समुदायको अमेरिकन हुनुमा गर्ब गर्छन् ।

यो पदमा पुग्नका लागि बरोभित्र बसोबास गर्ने सिटी कर्मचारीबाहेक सबै योग्य व्यक्तिहरुले आवेदन दिन पाउँछन् ।

आवेदन दिने हजारौबाट छानिएपछि प्रेसिडेन्ट र काउन्सील मेनसँगको अन्तर्वार्तामा आफू योग्य भएको विश्वास दिलाउन सक्नु पर्छ । यो पदमा पुग्नका लागि राजनीतिक र सामाजिक कार्यको अनुभव र छवि महत्वपूर्ण हुन्छ ।

हजारौ नेपाली समुदाय बसोबास गर्ने न्युर्योक क्विन्स बरोमा हालसम्म नेपाली मुलबाट थापा सहित ५ जनामात्र यो पदमा पुग्न सफल भएका छन् ।

हजारौ आवेदकहरुबाट नेपाली मुलका युवा साथी यो पदमा पुग्नु अमेरिकी उदार संस्कार र हामी सम्पूर्ण समुदायका लागि गौरबको विषयत हुँदै हो । साथसाथै राजनीतिप्रति आकांक्षा भएका युवा मित्रले यस बोर्डमा रहँदा धेरै विषयमा आफ्नो विशेषज्ञता देखाउने र आफ्नो क्षेत्रमा अझै खारिने मौका पाउनु हुनेछ, यो विशेषज्ञता नेपाली समुदायका लागि मूल्यवान सम्पत्ती हुनेछन् । साथै थापालाई सफलताको शुभकामना दिन्छु, बोर्ड ५ सदस्य तथा समाजसेवी मोहन ज्ञवालीले भन्नुभयो । उहा“का अनुसार यो अमेरिकी मुलधार राजनीतिको मेरुदण्ड हो ।

संघिय सरकार, राज्य सरकार र न्युर्योक नगरबाट प्रस्थापित विकास निर्माण लगायत आफ्नो नगरक्षेत्रमा हुने सम्पूर्ण विकास निर्माण कार्यमा अन्तिम निर्णायक भूमिका हुने कम्युनिटी बोर्डको सदस्य पद अति महत्वपूर्ण हो ।

राज्य सरकार र नगरबाट प्राप्त एकमुस्ट बजेटलाई विनियोजन, थप बजेटको माग, शान्ति सुरक्षा, विकास योजना, भूमिको प्रयोग, सेवा सुविधा लगायतका क्षेत्रमा बोर्डले काम गर्छ ।

सँथै स्थानीय निकायसँग कामको संयोजन तथा गुनासाहरुको सुनुवाई गर्नुका साथै गुणस्तर नियन्त्रण तथा गुणस्तरीय सेवा उपलब्ध गराउने र स्थानीय बासिन्दाहरुको सेवा सुविधा तथा बजेट विनियोजनमा आवश्यक सल्लाह दिन्छ ।

बैकिङ क्षेत्रको सर्वेक्षण तथा पब्लिक र प्राइभेट क्षेत्रको कानुनी सुनुवाई र डिस्ट्रिकभित्रका बासिन्दाहरुको लागि कल्याणकारी योजनाहरु बनाउने तथा लागू गर्ने गर्छ ।

न्युर्योक राज्य सरकारले रोटरी क्लब अफ न्युर्योक क्विन्सको अगुवाईमा ड्राइभिङ्ग लाइसेन्सको परिक्षा नेपाली भाषामा समेत दिन पाउने निर्णय गरिसकेको छ ।

हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा सार्वजनिक विद्यालयहरु विदाको लागि राज्य सभामा प्रस्ताव लगिसकेको छ भने यसअघि नै न्युर्योक सिटी काउन्सीलले तिहारको अवसरमा न्युर्योकभित्र पार्किङ्ग निशुल्क बनाउने निर्णय गरिसकेको छ ।

ठूलो संख्यामा रहेको नेपाली समुदायबाट यस्तो नियुक्ती पाउँदा नगर र राज्य सरकारबाट आफ्नो समुदायको हितका लागि महत्वपूर्ण निर्णय गराउने अवसर प्राप्त हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया