आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौति : प्रम ओली

समाचार

       

काठमाडौं, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् ।

बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकका अंग्रेजी संस्करणको शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।
ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो विषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

“ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य छ” प्रधानमन्त्री ओलीले भने “आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो ।”

प्रधानमन्त्री ओलीले नेपाल देव भूमि, तपो भूमि र ज्ञान भूमि भएकोले आदित्य जस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताए । प्रधानमन्त्री ओलीले विश्वका वैज्ञानिकहरुलाई आदित्यसको स्रोत बिनाको ज्ञानका बारेमा अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गरेका छन् ।

 

तपाईको प्रतिक्रिया