निजि विद्यालयका कारण शिक्षाको स्तरमा बृद्धि : सांसद यादव

समाचार

       

वीरगंज, १ बैशाख । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम संघीय सांसद प्रदिप यादवले निजि विद्यालयहरुको कारण शिक्षाको स्तर बढेसँगै सामुदायिक विद्यालयहरुको पनि शिक्षाको स्तरमा बृद्धी भएको बताए ।

वीरगंज महानगरपालीका वडा नम्बर ११ श्रीपुरमा संचालनमा आएको डिजिटल प्रविधियुक्त विद्यान्जली पब्लिक स्कुलको एक कार्यक्रमका बीच उद्घाटन गर्दै सांसद यादवले यस्तो प्रविधिको पढाइले बच्चाको शिक्षामा प्रगति हुनुका साथै बच्चाहरुको वृति विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बहुदल आएपछि निजि विद्यालयहरु खुल्ने क्रम बढे सँगै शिक्षाको स्तर पनि धेरै अगाडी बढेको बताए ।

धेरै सामुदायिक विद्यालयहरुमा अहिले पनि पढाई भन्दा पनि शिक्षकहरुको राजनीति बढी हुने गरेको कारण सामुदायिक विधालयको पढाई कमजोर भएको पाइएको सांसद यादवले बताए ।

सामुदायिक विद्यालयहरुको शिक्षा मजबुत बनाउन शिक्षा क्षेत्रमा शिक्षकहरुलाई राजनीति नगर्न सांसद यादवले आग्रह गरे । यदि राजनीति नै गर्नु छ भने शिक्षक पदबाट राजिनामा दिएर खुला रुपमा राजनीति गर्न सल्लाह दिए ।

प्रदेश नम्बर २ को शिक्षाको स्तिथि अहिले पनि धेरै कमजोर देखिएको बताउँदै सांसद यादवले प्रदेश नम्बर २ को ८ जिल्लाका ३ लाख बालबालिकाहरु अहिले पनि विद्यालय जान नसकेको जानकारी गराए ।

शिक्षाको ज्योतीबाट बञ्चित हुन नदिन विद्यालय आउन नसकेका बालबालिकाहरुलाई सरकारले विशेष कार्यक्रम ल्याएर पनि उनीहरुलाई विद्यालय ल्याउने वातावरण बनाउन आग्रह गरे ।

कार्यक्रममा डा. अशोक दास, समाजसेवी जसपाल सिंह, वीरगंज पब्लिक कलेजका शिक्षक युगल किशोर, बासु कर्ण, प्रमे शंकर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सालु बजाजले पेपरलेस डिजिटल प्रविधियुक्त बुकबारे जानकारी गराएकी थिइन् । कार्यक्रम विद्यालयका प्रधानाध्यापक हृदयानन्द तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया