नयां वर्ष मनाउँदै सम्पन्न भयो महोत्सव, डान्स आइडलको उपाधी शर्मालाई

समाचार

मणि प्रसाद गैेह्रे

       

कपिलवस्तु १ बैशाख । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मुल नारा सहित चैत्र १८ देखि सञ्चालनमा रहेको छैठौ प्रचिन कपिलवस्तु महोत्सवको चैत ३० गते राती १२ बजे ७५ साललाई विदाई गरी नयां वर्ष २०७६ को सूरुवातको शुभकामना मनाउँदै सम्पन्न भएको छ ।

महोत्सवमा यस वर्षवाट सूरु भएको प्रथम प्राचिन कपिलवस्तु डान्स आइडलको उपाधी आकांक्ष शर्माले हासिल गरेकी छन् । ४२ जना सहभागि मध्ये ४१ जनालाई पछि पार्दै शर्माले विजेता हासिल गरेकी हुन् ।

त्यस्तै दितिय जानवी चौरासिया, तृतिय पिन्स्रा श्रीवास्तव र सान्त्वना हिमानी सिग्देल भएकी छन् । विजेता हुने प्रथमलाई ३५ हजार, दितियलाई २० हजार तृतियलाई १० हजार र सान्तोनालाई ५ हजार प्रदान गरिएको थियो ।

महोत्सवको समापन गर्दे पुर्व मन्त्री एवं सांसद वृजेश कुमार गुप्ताले महोत्सवले कपिलवस्तुको प्रचार प्रसार र स्थानीय जनतामा मनोरज्जन कायम रहेको बताए ।

साथैगुप्ताले कपिलवस्तुको सम्रग विकासको लागी आफुले विगत र वर्तमानमा निरन्तर लागेको केही हदसम्म विकायको वाटो बनेको बताए । कार्यक्रममा पुर्व मन्त्री दानबहादुर चौधरीले महोत्सवले बुद्ध सम्वन्धी स्थलहरुको प्रचारमा योगदान मिलेको र जिल्लाको अवस्जथालाई चित्रण गर्न योगदान मिलेको बताए ।

समापन अवसरमा प्रदेश सभा सदस्य धर्मबहादुर श्रीवास्तव,सहसराम यादव, रिना नेपाल, कपिलवस्तु नगरपालिकाका उप मेयर लक्ष्मी गुप्ता , यशोधरा गाउंपालिका अध्यक्ष गिरिजेश कुमार पाण्डेय लगायतले महोत्सवको बारेमा सल्लाहा र सुझाव दिएका थिए ।

सोही अवसरमा नेकपाका जिल्ला सदस्य भानक्रकाश श्रेष्ठ, राजपाका अध्यक्ष डा.केपी शर्मा जनसन , कपिलवस्तु नगरपालिका वडा नं १ का अध्यक्ष सुदिप श्रेष्ठ माहुरी होमका अध्यक्ष रवी ठाकुर लगायतले महोत्सव राम्रोसंग संचालन भई सम्पन्न भएकोमा आयोजक उद्योग वाणिज्य संघ तौलिहवालाई वधाई ज्ञापन दिएका थिए । कार्यक्रममा विविध सांस्कृति कार्यक्रम तथा सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

।सन्ध्याकालिन समयमा चहलपहल भै राती सम्म चल्ने छैठौं प्राचिन कपिलवस्तु महोत्सवमा दर्शकको सहभागीता उलेख्य रहेको थियो । जिल्लामा फरक किसिमले सञ्चालन हुने यो महोत्सव रातीको समयमा सञ्चालन हुँदै आएको थियो ।

महोत्सवको छैठौं संस्करण चलिरहदा अहिले महोत्सवमा दर्शकको खचाखच भिड रहेको थियो ।

मेलामा कुस्तीको खेल हुंदा स्थानीय दर्शकहरुको उत्साह बढेर आएको थियो । रातिको समयमा मेला संचालनमा आएको हुंदा दिनभर घर तथा कार्यालयको काम सकेर फुर्सदको समयमा मेला हेर्न पाएको हुंदा तौलिहवा लगायत जिल्लाका अधिकाम्स स्थानका दर्शकहरुको आर्कषण बढेको महोत्सवका संयोजक गयादिन कुर्मीले बताए । महोत्सवमा राष्ट्यि कलाकार पशुपती शर्मा, ज्योती मगर, सिर्जु अधिकारी लगात दजनौ कलाकारको सहभागिता रहेको थिायो ।

तपाईको प्रतिक्रिया