मोदीका भाइले गरे जानकी मन्दीरमा पूजापाठ

समाचार

       

काठमाडौं, १ बैशाख । भारताका प्रधानमन्त्री नरेन्द्र मोदीका भाईले भारतीय जनता पार्टीलाई निर्वाचनमा पुनः जिताउन जनकपुरको जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा) मोदीलाई पुन प्रधानमन्त्री बनाउने नाराका साथ अहिले चुनावमा होमिएको छ ।

यसै सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीका भाइ सोमभाईले जानकी मन्दीरमा पूजापाठ गरेका हुन । पूजापाठ गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै सोमभाईले भने, ‘माता जानकीसँग उहाँ पुनः प्रधानमन्त्री बनोस् भन्ने कामना गरे ।’

आफू नरेन्द्र मोदीको जितको कामना गर्नकै लागि जानकी माताको मन्दिरमा आएको उनले सुनाए ।

तपाईको प्रतिक्रिया