मधेशवादका प्रणेता गजेन्द्र नारायण सिंहको जन्मजयन्ती मनाइयो

राजनीति

       

राजविराज, २ बैशाख । मधेशवादका प्रणेता स्व.गजेन्द्र नारायण सिंहको ९१औं जन्मजयन्ती मनाइएको छ ।

रामनवमी कै दिन जन्मेका स्व. गजेन्द्र नारायण सिँहको ९१ औ जन्मजयन्ती तथा स्मरण दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि लडु वितरण गरेको छ ।

स्व सिँहको स्मरण दिवस कार्यक्रमका संयोजक बिनोद यादवको अध्यक्षतामा आयोजित राजबिराज स्थित गजेन्द्र चोकमा सिँहको शालिकमा प्रदेश सासंद तथा राजपा महासचिव मनिष कुमार सुमनले फुलमाला लगाई सर्वसधारणलाई लडु बितरण गरि स्मरण दिवस मनाएको हो ।

सो अवसरमा महासचिव सुमनले भने गजेन्द्र नारायण सिँहको सपना अनुसार मुलुकले सिंमाकन नभएपनि संघियता स्थापित भएको बताए ।

उनको भौतिक शरीर नभएपनि उनको विचार अझै हामीबीच रहेको बताउँदै नेता सुमनले साम्प्रदायिक शोषण र राजनीतिक शोषणको अन्त भएको बताए ।

दलितहरू तथा महिला माथि हुने दुर्व्यवहार तथा त्यस्ता शोषणको न्युन हुदै गएको उनको तर्क रहेको थियो ।

सो अवसरमा युवा नेता बिनोद यादबले प्रत्येक वर्षझै यस वर्ष पनि राजबिराजमा सर्वसाधारणलाई लडु वितरण गरेका थिए ।

सो अवसरमा जिसस प्रमुख प्रभाकर यादब, राजबिराज मेयर शंभु यादब, राजपा केस दिपेन्द्र चौधरी, स्व सिँहको स्मरण कार्यक्रम संयोजक युवा नेता बिनोद यादब, अध्यक्षमण्डल सदस्य सुनिल कुमार झा, युवा नेता मनोज यादब, प्रमोद यादब, बिधाथी नेता संजिव दास अधिकारकर्मी जंगबहादुर सिँह लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया