ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क आँखा शिविर सञ्चालन

अर्थ/वाणिज्य

       

काठमाडौं, २२ वैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरी जिल्ला, कोशी गाँउपालिका वडा नं. ३, जमुवा चोकमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ ।

गत शनिबार ग्लोबल आइएमई बैंकको इटहरी शाखाको आयोजना र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा जाँच शिविर सम्पन्न भएको हो । बैंकको तर्फबाट आँखाका रोगीहरुलाई निःशुल्क औषधी तथा दृिष्ट दोष भएका बिरामीहरुलाई निःशुल्क चश्मा समेत बितरण गरिएको छ ।

उक्त शिविरमा मोतीबिन्दु भएका आँखाका बिरामीहरुको विराटनगर आँखा अस्पताल, बिराटनगरमा निःशुल्क शल्यक्रिया पनि गरिएको छ । निम्न आय स्तर भएका तथा अति पिछडिएका आँखाका बिरामीहरुलाई लक्षित गरी उक्त आँखा शिविर सञ्चालन गरिएको होे ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुकम्प लगायतका विपत्तको समयमा सहयोग गर्दै आएको छ भने जनचेतना मूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया